टोकियो – जापानको फुटबल लिगमा ५३ बर्षिय खेलाडीले खेलेर नयाँ किर्तिमान बनाएका छन् ।
जे-लिगको योकोहामा एफसीका लागि ५३ बर्षिय फरवार्ड काजुयोशी मिउराले खेल्दै लिगमा खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् ।
उनी बुधबार भएको खेलमा योकोहामाबाट खेल्दै यस्तो किर्तिमान बनाएका हुन् । मिउराले ५३ बर्ष ६ महिना २८ दिनको दिन जे-लिग खेलेका छन् ।
जे-लिगमा यस अघि ४५ बर्ष २ महिना १ दिनको दिन मासाशी नाकायामाले कोन्साडोले साप्पोरोबाट २०१२ मा खेलेर बढी उमेरमा जे-लिग खेल्ने किर्तिमान बनाएका थिए । अब साप्पोरोको किर्तिमान मिउराले तोडेका छन् ।
‘किंग काजु’ का नामले चर्चित मिउरा कावासाकी फ्रोनटेलविरुद्धको खेलमा ५३ मिनेट खेलेर बाहिरिएका थिए । यस खेलमा मिउराको टिम योकोहामा ३-२ गोल अन्तरले पराजित भएको थियो ।
यस अघिका खेलमा बेन्चमा बसेका मिउरालाई सिजनको १८औ खेलमा अवसर दिइएको थियो ।
मिउराले ३७ बर्षको फुटबल क्यारियरमा ब्राजिल, इटाली, क्रोसिया र अस्ट्रेलियासहित जापानको लिगमा विभिन्न क्लबबाट खेलेका छन् । उनी जापानका लागि १९९० मा डेभ्यु गरेका थिए भने ८९ खेल खेल्दै ५५ गोल समेत गरेका छन् ।