Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

अमेरिका – संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ । सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै अहिले ८१ लाख पुगेको सो कम्पनीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘गत बिहीबार खोज पत्रकारिता केन्द्रले तयार पारेको तथा काठमाडौंबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा यस कम्पनीका बारेमा प्रकाशित समाचार सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्टार्टअप कम्पनीको अवधारणा राम्रोसंग नबुझेर प्रकाशित सामग्रीले हाम्रा लगानीकर्ताहरु तथा शुभचिन्तकहरुमा भ्रम सिर्जना गर्न सक्ने भएकाले हामीले ती दुवै समाचार संस्थालाइ आफ्नो प्रतिक्रिया पठाएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाद्वारा शनिवार जारी विज्ञप्तीमा सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आइआइटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर सगुनले गरेको अनुसन्धान परियोजना स्थगित गरिएको जनाइएको छ । “कुनै भेन्चर क्यापिटलिस्टले आफ्नै जोखिममा सो परियोजनामा लगानी गर्न खोजे उक्त परियोजनालाई अगाडी बढाउन सकिने तर सगुनका आम लगानीकर्ताहरुको रकम उक्त परियोजनामा लगानी नगरिने पुनः स्पष्ट पार्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ ।

सगुनका लगानीकर्ताहरुबाट संकलित रकम मूलतः सगुन एपमा नयाँ फिचरहरु विकास गर्ने काममा खर्च गरिने पनि सो कम्पनीले जनाएको छ । ‘एउटा स्टार्ट अप कम्पनीमा लगानी गर्नु भनेको उच्च जोखिमयुक्त निर्णय हो भनेर हामीले कहिल्यै लुकाएका छैनौं। त्यसैले केहि थोरै धनाढ्य लगानीकर्ताहरुमा भर पर्नु भन्दा मोडेल अपनाएर सयौं लगानीकर्ताहरुबाट सानो, सानो रकम जुटाउने शैली हामीले अपनाएका छौं। त्यसबाट लगानीकर्ताको जोखिम निकै कम हुन्छ भने कम्पनी सफल भए पछि पाउने आर्थिक लाभ भने सोचे भन्दा निकै बढी हुन्छ र सर्वसाधारण परिवारलाई त्यसले सुनिस्चित भविष्यको जग बसालि दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

३० सेप्टेम्बर २०२० भित्रै सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्न पनि कम्पनीले आग्रह गरेको  । नेपाल, इरान र उत्तर कोरियाका नागरिकहरुले यो अफरमा लगानी गर्न पाउँदैनन् । तर गैर आवासीय नेपाली लगायत संसारभरिका लगानीकर्ताहरुले sagoon.com/investयो लिंकमा गएर उक्त मिनी आइपीओमा लगानी गर्न सक्दछन् ।

तपाईको प्रतिक्रिया