Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो।

अहिलेसम्म रेमिट्यान्स पठाउनको लागि कम्पनी वा बैंक खाता मात्र प्रयोग गर्नुपर्ने हुन्थ्यो।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने व्यवस्था गरेको छ।

जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आबद्ध हुनु पर्नेछ।

राष्ट्र बैंकले डिजिटल प्रविधिलाई विकास, विस्तार र प्रोत्साहन गर्दै मोबाइल वालेट रेमिट्यान्सको व्यवस्या गरेको र यसले रेमिट्यान्स आप्रवाहमा सहयोग गर्नेछ।

नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र इ सेवा, आइएमई पे, फोन पे जस्ता मोबाइल वालेटहरुमार्फत् पनि घरैमा बसीबसी रेमिट्यान्स पाउन सकिने छ।

यससँगै विप्रेषण सम्बन्धी कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँग आबद्ध भई विदेशमा रहेका नेपालीले विद्युतीय भुक्तानीका उपकरणहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फत् नेपालमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्नेछन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया