सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – नेपाली ब्यवसायी संघ (एनबिए) जापानले जापानको अन्य सहरहरुमा पनि क्षेत्रीय समिति बिस्तार गर्ने क्रममा बद्रि पौडेलको अध्यक्षतामा क्युसु क्षेत्रीय कमिटी गठन गरेको छ ।

एनबिए जापानका अध्यक्ष बिजय थकालीको सभापतित्वमा गत शुक्रबार फुकुओकाको होटल न्यु ओतानीमा भएको पहिलो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय क्युशु समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विपिन कँडेल, उपाध्यक्षमा प्रकाश लामिछाने, सचिवमा रोशनकुमार राई र सहसचिवमा हरि रेग्मी चयन भएका छन भने कोषाध्यक्षमा विवेक बुढाथोकी र सहकोषाध्यक्षमा भवनाथ गैरेलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा मिलन बस्नेत, दयाराम कँडेल, बिशाल केसी, रुपक गैरे, ध्रुब गैरे र हरि सापकोटा चयन भएका छन् ।

सो समारोहमा एनबिए जापानका सदस्य एवं क्युशु अधिवेशन आयोजक समितिका संयोजक टंक गैरेको स्वागत मन्तब्य रहेको थियो भने पत्रकार एवं एनबिए जापानका सदस्य तिलक मल्लले एनबिए जापानको जापानमा औचित्य र यसको उद्देश्य बारे प्रकाश पारेका थिए भने कोषाध्यक्ष नरबहादुर थापाले एनबिए जापानको हालसम्मको गतिविधि, प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन बारे संक्षिप्त जानकारी गराएका थिए ।
यसैगरी एनबिए जापानका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले
एनबिए जापानको  भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।
अधिवेशन समारोहमा एनआरएन आइसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, एशिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द), एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारी, किरण वर्मा, छत्र दाहाल, लक्ष्मण बानियाँ लगायतका ब्यवसायीहरुले शुभकामना मन्तब्य राखेका थिए भने नवगठित समितिका अध्यक्ष पौडेलले आफ्नो प्रतिबद्धता मन्तब्य राखेका थिए । नवगठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई एनबिए जापानका अध्यक्ष थकालीले सपथ ग्रहण गराएका थिए ।

अन्तमा, समापन मन्तब्य राख्दै सभाध्यक्ष थकालीले एनबिए जापान जापानका अन्य संघसंस्थाहरु भन्दा पृथक र नितान्त ब्यवसायिक हक, हित एवं उत्थानका लागि क्रियाशील रहने संस्था भएकोले यस संस्थामा जोडिन जापानबासी नेपाली ब्यवसायीहरुलाई अपिल गरे । कार्यक्रमको सन्चालन एनबिए जापानका सचिव बाबुराम पौडेलले गरेका थिए ।***

तपाईको प्रतिक्रिया