काठमाडौं – नेपाली झन्डाको रंग पोतिएका दुई रेल जनकपुर आइपुगे र करिब एक अर्ब रुपैयाँमा नेपालले यो रेल खरिद गरेको भनेर सार्वजनिक भयो । तर भारतका रेलवे, वाणिज्य तथा उद्योगमन्त्री पियुस गोयलको एउटा ट्वीटले अहिले रेलको खरिदमा विवाद उत्पन्न गरिदिएको छ ।
शुक्रबार नेपालमा रेल आइपुगेपछि गोयलले ट्वीटरमा लेखेका छन् ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको छ । हाम्रो यही सम्बन्धलाई नयाँ आयाम दिँदै रेलवेद्वारा नेपाललाई २डिईएमयु ट्रेन सेट दिइएको छ ।’
नेपाल के साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं। अपने इसी संबधों को नया आयाम देते हुए रेलवे द्वारा नेपाल को 2 DEMU ट्रेन सेट दिये गये।
इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपाल तक की रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशों के नागरिकों को लाभ होगा। pic.twitter.com/qsDD3CmdrX
— Piyush Goyal (@PiyushGoyal) September 18, 2020
उनको यो ट्वीटको अर्थ लाग्छ ‘भारतले नेपाललाई रेल उपहार दिएको हो’ उनको यो ट्वीटमा अहिले थुप्रै नेपाली र भारतीयहरुले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । ट्वीटरमा उनले भनेका छन् ‘यसको उपयोग जयनगर, बिहारदेखि कुर्था नेपालसम्मको रेलयात्राका हुनेछ । जसबाट दुई देशका नागरिकलाई लाभ हुनेछ ।’
तर नेपालको रेल विभागले भने यो रेल भ्याट तथा भन्सार शल्कबाहेक ८३ करोड ९३ लाख ६० हजारमा २ थान रेल किनेको जनाएको छ । अर्थात भारतीय ५२ करोड ४६ लाख रुपैयाँ ।एउटा प्रेस नोट जारी गर्दै रेल विभागले २०१९को मई महिनामा ‘जी टु जी’(सरकार र सरकार) प्रक्रियाबाट १६०० एचपी डिईएमयु रेल सेट खरीद सम्झौता भएको जनाएको छ । यो रेल कोन्का रेलवेज कर्पोरेशन लिमिटेडबाट खरीद गरिएको हो ।
यो पनि जनकपुर आइपुग्यो रेल: प्राविधिक जनशक्ति भारत बाटै ल्याइने