Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – कोरोना भाइरसको महामारीले उद्योगको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ।

अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आए पनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ। तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ। यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब ३ अर्ब ५० करोड डलर पुगेको छ।

धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन्। मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पु¥याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ।

चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ। निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो।

अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो।

अगष्टमा अधिकांश श्रेणीका उत्पादनहरूको व्यापारमा गिरावट आएको छ जबकी यातायातका साधनको निर्यात जस्तै सवारी सवारीसाधनको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ। तर, कम्प्युटर र फोनको निर्यात बढेको छ।

दक्षिणपूर्व एशियाली मुलुकतर्फको निर्यातमा निकै कमी आएको छ र यो झण्डै २४ प्रतिशतले घटेको वित्त मन्त्रालयको भनाई छ। कडा प्रतिबन्ध र क्वारेन्टिनका बीच व्यापार र पर्यटन गतिविधि सुस्त भएकाले पनि निर्यात घटेको हो।

व्यापार बचत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तेल, ग्यास र अन्य इन्धनको आयातमा ४५ प्रतिशतले घटेको छ। समग्रमा, आयात निरन्तर १६ महिनादेखि घट्दो क्रममा रहेको छ।

क्यापिटल इकनामिक्सका टम लियरमाउथका अनुसार पछिल्ला कमजोरीका बाबजूद निर्यातका लागि माग बढ्न थालेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया