Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्ने छन् । हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ ।

आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । “स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो”, परराष्ट्रमन्त्री ज्ञवालीले भने, “त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर खुला गरेका छौँ ।”

लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उनले बताए । सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ । लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उनले जानकारी दिए । यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । विमान चालक र सहचालक र अन्यले मास्क, पञ्जा जस्ता स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने छ । हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ ।

तपाईको प्रतिक्रिया