Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – म्याग्दीमा बाढी पहिरोले विस्थापितको पुर्नवासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति जापानले आर्थिक सहयोग गरेको छ । जापानमा रहेका म्याग्दीवासी तथा जापानवासी नेपालीहरुबाट संकलित २३ लाखभन्दा बढी सहयोग गरिएको हो । उक्त पहिरोमा परी गम्भीर घाइते भएका बिरामीको तत्काल उपचारका लागि यस अघि पनि मोना जापानले १ लाख रुपैंया पठाईसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोना जापानमा महासचिव गणेश श्रेष्ठकाअनुसार दाताहरुबाट प्राप्त २३ लाख २१ हजार २४० रुपैया मोना अन्तर्राष्ट्रिय कार्यसमिति (मोना आईईसी)ले सञ्चालन गरेको पुर्नवास अभियानका लागि गरिमा विकास बैंकको खातामा जम्मा गरिएको हो । मोना आइइसीले पहिरो प्रभावित क्षेत्रमा स्थानीयका लागि सरोकारवालासंग मिलेर पुर्नवास अभियान सञ्चालन गरिरहेको छ ।

गएको असार २५ गते अविरल वर्षापछि आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । कतिपय बस्तीका स्थानीय विस्थापित हुनुपरेको यस घडिमा उनीहरुको सहयोगका लागि अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा सहयोग गरेका तर, नामावलीमा नाम छुटेकालाई जानकारी गराउन पनि मोना जापानले आग्रह गरेको छ ।

अभियानमा सहयोग गर्ने कार्यसमिति पदाधिकारी, सल्लाहकार, अधियानका संयोजक विशाल केसी, विभिन्न संघसंस्था, व्यवसायी मोना क्षेत्रिय कार्यसमति नागोया र सम्पूर्ण सहयोगदाताहरुलाई मोना जापानले धन्यवाद ज्ञापन गरेको छ ।  ***

तपाईको प्रतिक्रिया