काठमाडौं – नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।
उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।जीतपछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ । यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा हेरेको छ ।’
‘आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छु’ घिमिरेले भने । व्यवसायीक खेल खेल्दै आएका अबिरल घिमिरेले पहिलो राउण्डमै नकआउट हान्दै आफ्नो बेल्टलाई पुन: संरक्षण गर्न सफल भएका हुन् ।
अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् ।