Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – जापानकी नाओमी ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाईलाई २–१ को सेटमा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन्।

गएराति भएको खेलमा पहिलो सेट ६–१ ले हारेकी ओसाका पुनः लयमा फर्किंदै तेस्रो ग्रान्डस्लाम उपाधि जितिन्। उनले त्यसपछिका सेट लगातार ६–३, ६–३ ले जितिन्।

चौँथो वरियता प्राप्त २२ वर्षीया ओसाकाले सेमिफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेकी थिइन्। यसअघि उनले सन् २०१८ मा युएस ओपन र २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन्।

सन् २०१८ मा उनले अमेरिकी भेट्रान खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनले अहिलेसम्म फाइनलमा पुगेका सबै ग्रान्डस्लाम जितेकी छिन्।

उता ३१ वर्षीया अजरेन्काले भने अमेरिकी भेट्रान सेरेना विलियम्सलाई पराजित गरेर यो वर्षको युएस ओपनको फाइनलमा पुगेकी थिइन्। सन् २०१३ यता उनी पहिलोपटक ग्रान्डस्लामको फाइनल पुगेकी हुन्। तर, पहिलो सेट जितेर पनि उनले खेल गुमाउन पुगिन्।

उनी सन् २०१२ र १३ को फाइनलमा सेरेना विलियम्ससँग पराजित भएकी थिइन्। यसपटक सेरेना विलियम्सलाई २४ औँ ग्रान्डस्लामको कीर्तिमान बराबरी गर्नबाट उनले सेमिफाइनलमै रोके पनि उपाधि भने जितिनन्।

जापानको विज्ञापनमा ओसाका लोकप्रिय व्यक्तित्व हुन्। एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक देखि विश्व ब्रान्ड नाइके, निसान, योनोक्सलयायतका कम्पनीसँग ओसाका अनुबन्धित छिन्।

टेनिस स्टार नाओमी ओसाका विश्वको सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडी हुन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया