Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – यस वर्षको दोस्रो त्रैमासमा जापानको अर्थतन्त्र प्रारम्भिक अनुमान गरिएभन्दा अलि बढी खुम्चिएको छ । मंगलवार त्यहाँको मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार अप्रिल-जुन त्रैमासमा जापानी अर्थतन्त्र ७ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । यो संकुचन जापानको आधुनिक इतिहासकै सबैभन्दा खराब हो । समीक्षा अवधिमा अर्थतन्त्रमा ७ दशमलव ८ प्रतिशतको संकुचन आउने प्रारम्भिक तथ्यांकले देखाएको थियो । गत महीना सार्वजनिक भएको तथ्यांकको तुलनामा दोस्रो त्रैमासमा कर्पोरेट लगानी कमजोर रहेको पाइएको छ ।

संकुचनको दर अर्थशास्त्रीहरुले अनुमान गरेको ८ प्रतिशतभन्दा केही राम्रो भएपनि जापानले सन् १९८० मा आर्थिक वृद्धिको तथ्यांक राख्न थालेयताकै खराब हो । गत वर्षको सोही अवधिको तुलनामा जुलाईमा जापानको घरपरिवारको खर्च ७ दशमलव ६ प्रतिशतले घटेको मंगलवार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्यांकले देखाएको छ ।

यसले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको प्रभाव उजागर गरेको छ । घरपरिवारको खर्चमा आएको यो लगातार १० औं मासिक कमी हो । मे र जुनमा पनि खर्च क्रमशः १ दशमलव २ प्रतिशत र १६ दशमलव २ प्रतिशतले घटेको थियो ।

गत वर्ष आएको शक्तिशाली ताइफु र अक्टोबरमा गरिएको विक्री कर वृद्धिका कारण जापानी अर्थतन्त्र महामारी शुरु हुनुभन्दा अगाडि नै मन्दीमा गइसकेको थियो । विश्वका अर्थतन्त्रहरु यसबाट नराम्ररी प्रभावित भएका छन्। तर निर्यातमा निर्भर जापानी अर्थतन्त्रलाई अन्य अर्थतन्त्रहरूको तुलनामा यस महामारीले धेरै चोट पुर्‍याएको छ । विश्वका अन्य विकसित देशको तुलनामा जापानमा संक्रमित र मृतकको संख्या कम छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया