Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – सुरेश रैनाले यस सिजनको आइपिएल नखेल्ने भएका छन् । चेन्नई सुपरकिंग्सबाट आइपिएल खेल्न युएई पुगेका रैना निजी कारणले यस सिजनको आइपिएल नखेल्ने चेन्नई सुपरकिंग्सले जनाकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर रैनाले आइपिएल नखेल्ने बारे उनको परिवारमा घटेको घटना रहेको खुलासा भएको छ । पठानकोटको थारियाल गाउँमा रहेका उनकी सानी आमा र सानोबुबाको परिवारमाथि मध्यरातमा अज्ञात समुहले गरेको आक्रमणमा सानो बुबाको मृत्यु भएको बताइएको छ ।

भारतीय मिडिया जागरणका अनुसार रैनाकी सानी आमा (पिताकी बहिनी) अहिले गम्भीर घाइते भएर उपचारत रहेकी छन् भने ५८ बर्षिय सानो बुबा अशोक कुमारको मृत्यु भएको छ । त्यस्तौ ३२ बर्षिय भाई कौशल कुमार र २४ बर्षिय भाई अपिन कुमार पनि घाइते भएका छन् । साथै ८० बर्षिय हजुर आमा समेत घाइते भएको बताइएको छ ।

आक्रमण राति छतमा सुतिरहेको बेला भएको बताइएको छ । प्रहरी अनुसन्धानमा जुटेपनि अझै घटनामा संलग्नको पहिचान हुननसकेको बताइएको छ । अगस्त १९ मा भएको यो घटनापछि रैना छिट्टै भारत फर्किनलागेको चेन्नईका प्रमुख कार्यकारी अधिकृत केएस विश्वनाथनले जानकारी दिएका छन् ।

हालै अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्यास लिएका रैना आइपिएलमा विराट कोहलीपछि दोस्रो धेरै रन बनाउने खेलाडी हुन् । उनले आइपिएलमा १८८ खेल खेल्दै ५३६८ रन बनाएका छन् । कोरोना भाइरसका कारण युएईमा खेलाउन लागिएको आइपिएलमा चेन्नईका एक खेलाडीसहित १० स्टाफ सदस्य कोरोना पोजेटिभ भएपछि अहिले सबै टिम क्वारेन्टाइन रहेको छ ।

यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुदै छ । आइपिएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । त्यस्तै आइपिएल ५३ सम्म खेलिने छ । त्यस्तै यस पटक एक दिनमा २ खेल खेलिने बोर्डले निर्णय गरेको छ । त्यस्तै पहिलो खेल नेपाली समय अनुसार दिउसो ३:४५ खेलिने भएको छ भने दोस्रो खेल राति ७:४५ बजे खेलिने छ ।

तपाईको प्रतिक्रिया