Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – पछिल्लो केहि हप्तायता नेपालमा कोरोना भाइरस संक्रमित र यसका कारण हुने मृत्युदर बढेको छ । कोरोना संक्रमण नघट्दै सरकारले जारी लकडाउन अन्त्य गरेपछि संक्रमित बढेका हुन् ।

कोरोनाकै कारण बुधबार एकैदिन ८ जनाले ज्यान गुमाए भने विहिबार ६ जनाले ज्यान गएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पुष्टि गरेको छ । यही साउन २२ देखि २९ गतेसम्मको ८ दिनको अवधिमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएसँगै हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ । विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको हो ।

तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्वीर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौं उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।

के समुदायमा संक्रमण फैलिएको हो ?
समुदाय स्तरमा कोरोना संक्रमण पुगे वा नपुगेको यकिन गर्न अध्ययन सुरु गरिने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार केहि दिनमै अध्ययन गर्न लागिएको हो ।

सातै प्रदेशमा गरिने उक्त अध्ययनले कोरोनाभाइरसको रोकथाम-नियन्त्रण तथा भविष्यको रणनीति बनाउन सहज हुने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको भनाई छ । यात्रा नगरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलिसकेको हुनसक्ने उनको आकलन छ ।

दुई साताअघि नै कोरोना संक्रमतिको संख्या उल्लेख्य बढेको वीरगञ्जका चिकित्सकहरूले अध्ययन नभए पनि संक्रमण समुदायमा पुगिसकेको देखिएको दाबी गरेका थिए । यसबारे अध्ययन गर्न केही दिनअघि नै स्वास्थ्य मन्त्रालयबाट निर्देशन पाइसकेको महाशाखाले अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिएको छ ।

केही दिनमै सर्वेक्षणकर्ता र प्रयोगशालाका व्यक्तिहरू सम्बन्धित क्षेत्रमा परिचालन हुने निर्देशक डा. पाण्डेले बताए । ‘दुई हप्तामा नमुना सङ्कलन सकिन्छ, त्यसपछि प्रयोगशालामा परीक्षण गर्दा एक महिनामा नतिजा थाहा हुन्छ,’ उनले भने । यो सर्वेक्षण सातै प्रदेशमा गरिने र ६ हप्तासम्म देशभित्रै बसेका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका उमेर समूहमा मानिसहरूलाई सहभागी गराइने बताइएको छ ।

अध्ययनका लागि उमेर हेरेर ३ देखि ५ मिलिलिटर रगत लिइने र त्यसको प्रयोगशालामा परीक्षण गरिने छ । निर्देशक डा. पाण्डेका अनुसार अध्ययनको नतिजाले संक्रमण रोकथाम तथा नियन्त्रणमा रणनीति बनाउन सहज हुनेछ ।

उनले भने, ‘बाहिरै नगएको मानिसलाई छ कि छैन भनेर यो सिरोलजिकल प्रक्रियाबाट हेर्‍यो भने अहिलेसम्म भनेको क्लस्टर मात्रै हो कि समुदायमा पनि संक्रमण गइसकेको छ भन्ने कुरा थाहा हुन्छ ।’ यो सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीबारे पनि विवरण आउने जनाइएको छ ।

उच्च सावधानी अपनाइँदै
संक्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो ।

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिलेझैं खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।

सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्न समेत सरकारले निर्देशन दिएको छ ।

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी विहिबारदेखि तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ ।

अझै सचेत छैनन्
कोरोना संक्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । अब आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बेला आइसकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् । मास्क नलगाउनेको संख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको संख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइएको उक्त अध्ययनले भनेको छ ।

तपाईको प्रतिक्रिया