Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि अर्थात् साउन ७ गतेसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३२८ मात्र थियो ।

तर लकडाउन खुलेपछिका २१ दिन (२८ साउन) को अवधिमा ११२४ जना संक्रमित थपिएका छन् । लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो । लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमित सहित उपत्यकामा १ हजार ४५२ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा लकडाउन खुलेको भोलिपल्ट साउन ८ गते ९ जना संक्रमित थपिएका थिए । त्यसपछि साउन २८ गते मंगलबार सबैभन्दा बढी १३८ जना थपिएका छन् ।

तपाईको प्रतिक्रिया