Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पहिलो पटक सरकारका उच्च एक अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार सामूहिक रुपमा स्वाब लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एक संवैधानिक अंगका प्रमुखमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सोमबार उक्त कार्यालयका अन्य कर्मचारी र उच्च सरकारी अधिकारीकोसमेत स्वाब लिइएको छ । अन्यको भने रिपोर्ट आउन बाँकी छ । उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् ।

एकैदिन ६३८ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६३८ थपिएसँगै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । संक्रमितमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउनेको संख्या ८३ पुग्यो
पालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको पुष्टि गरे । यो वृद्धिसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया