Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको पुष्टि गरे ।

ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो । आइतबार दिउँसो १ बजे अस्पताल भर्ना भएका ती महिला निमोनियाबाट ग्रसित थिइन् । अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालको आईसीयूमा उपचाररत धनुषाका एक वृद्ध को मृत्यु भएको छ । विदेह नगरपालिका-८ का ६० वर्षीय वृद्धको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको हो । क्षयरोगबाट पीडित रहेका उनी १८ दिन अघि अस्पताल भर्ना भएका थिए ।

त्यस्तै धनुषाकै पिपिल्लाबिहारी नगरपालिका ५ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको छ। क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने पुरुषाको सोमबार मृत्यु भएको हो ।

त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे ४ निवासी ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मनमोहन कार्डियोभास्कुरत तथा ट्रन्प्लान्ट सेन्टरमा उपचारको क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

यो वृद्धिसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया