Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024
                 प्रतिनिधि तस्वीर

काठमाडौँ । कोरोना संक्रमण तिब्र फैलिरहेको छ र यो विश्व नै यसको खोप (भ्याक्सिन) को प्रतिक्षामा रहेको छ र यसको प्रतिक्षा छिट्टै सकिदै पनि रहेको वैज्ञानिकहरुले बताएका छन् ।

भारत, वेलायत, रसिया, अमेरिका, इजरायल, चीनसहित थुप्रै देश खोप बनाउन लागि परेका छन् ।

रसियाले विश्वको सबैभन्दा पहिलो खोप बनाउने दाबि गरको छ र १२ अगस्टमा यसको दर्ता हुँदै छ ।

उक्त खोपप्रति विश्व स्वास्थ्य संगठनसहित बेलायत, अमेरिका आदि देशले भने शंका गरिरहेका छन् । अन्य खोपको विषयमा विशेषज्ञहरुले केवल खोप मात्र पर्याप्त नहुने बताएका छन् ।

यसैबीच मोटो मानिसमा कोरोनाको खोपको प्रभाव कम हुने बताइएको छ । बेलायतको बर्मिंघम कोरोना अनुसन्धानका अनुसार मोटो मानिसको लागि यस भाइरस संक्रमणको खतरा अधिक हुन्छ । साथै उनीहरुले मोटो मानिसमा कोरोना खोपको प्रभाव कम हुने समेत बताएका छन् ।

अमेरिकाको अलबामा विश्वविद्यालयको अनुसन्धानकर्ताले कोरोनासंग लड्ने खोप मोटोपन भएका, बोसो धेरै भएका र अधिक तौल भएका मानिसको लागि प्रभावकारी नहुने बताएका छन् । पहिलादेखि उपलब्ध भएका खोपको परिक्षणमा उनीहरुले आशंका व्यक्त गरेका छन् ।

अलबामा विश्वविद्यालयका अनुसन्धानकर्ताले अध्ययनमा फ्लू र हेपेटाइटिस-बीको खोप परिक्षण गरेका थिए ।

सन् २०१७ मा भएको अनुसन्धानमा सामान्य भन्दा अधिक तौल भएका मानिसलाई दिइएको खोप प्रभावकारी रहेको थिएन र उनीहरुको शरीरले एन्टीबडी उत्पादन गर्न असक्षम रहेको थियो ।

अनुसन्धानको अनुसार मोटो शरीर भएका मानिस फ्लू र हेपेटाइटिसको संक्रमणप्रति अधिक संवेदनशील हुन्छन् र उनीहरुमा संक्रमण हुने र गम्भीर अवस्था हुने र शरीरको अंग खराब हुने साथै ज्यान समेत जान सक्ने बताएका छनन् । कोरोनासंग बच्न सहयोगी खोपको विषयमा पनि यस्तै स्थिति पाइएको छ ।

टी-कोषिका र माइक्रोफेजको कमी
यस अनुसन्धानका प्रमुख वैज्ञानिक डा. चाड पेटिटको अनुसार मोटोपनले समस्या भइरहेका मानिसलाई कोरोना संक्रमण रोक्ने खोप कम प्रभाकारी हुनुको पछाडी दुई कारण रहेको छ ।

पहिलो, टी-कोषिकाको राम्रोसंग काम नगर्नु रहेको छ । टी-कोषिकाहरुले प्रतिरोधात्मक प्रणालीको एन्टीबडी उत्पादन गर्ने सन्देश प्रवाह गर्दछ ।

दोश्रो, प्रतिरोधात्मक क्षमता सक्रिय भए शरीर सुन्निने हुन्छ । यसमा ‘माईक्रोफेज’ नामको विशेष कोषिकाको उत्पादन कम हुँदै जान्छ । माइक्रोफेज, शरीरमा खतरनाक तत्वहरु नष्ट गर्नको लागि महत्वपुर्ण हुन्छ ।

खोपको सुईको आकारमा फरक पर्छ
भेन्डरबिल्ट विश्वविद्यालय चिकित्सा केन्द्रको प्रमुख संक्रामक रोग विशेषज्ञ डा विलियम शेफनरको अनुसार, मोटो मानिसमा खोपको समयमा सुईको आकारले पनि निकै फरक पर्दछ । पारम्परिक रुपमा एक इन्च लामो सुईको प्रयोग हुन्छ जसमा मोटो मानिसको लागि इम्यूनिटी उत्पादन हुने सम्भावना कम हुन्छ । त्यसको लागि थोरै ठुलो आकारको सुईबाट खोप लगाउनु पर्ने हुन्छ जसले गर्दा खोप माम्सपेशीको गहिराइ सम्म पुग्न सक्छ ।

डा शेफनर ,फ्लू र हेपाटाइटिस-बी जस्तै कोरोनाको खोपमा मोटो मानिसमा धेरै प्रभावकारी नभएपनि केहि मात्रामा सुरक्षा उत्पादन हुने बताउछन् । यसको मतलब भाइरस संक्रमण हुने स्थितिमा, संक्रमणबाट गम्भीर बिरामी हुने र मृत्यु हुने दर कम हुन्छ । त्यसैले परिणामको बारेमा सोच्नु भन्दा पनि खोप लगाउनुपर्ने महत्वपूर्ण हुन्छ ।

तपाईको प्रतिक्रिया