Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज नेपालमा संक्रमण पुष्टि भएका ३३८ जनामध्ये काठमाडौं उपत्यकाका ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा निको भएर १४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएसँगै उपत्यकामा मात्रै कुल कोरोना संक्रमितको संख्या एक हजार १७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा छन् ।

योसँगै काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ । सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ ।

यस्तै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ । त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन् ।

तपाईको प्रतिक्रिया