काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । गएराति लिभरपुलको होम एन्फिल्डमा भएको खेलमा लिग विजेता लिभरपुलले चेल्सीलाई ५-३ गोलले पराजित गर्दै ट्रफी उचालेको हो ।
पूरा सिजन घरमा अपराजित पनि रहेको लिभरपुलका लागि पहिलो हाफमा नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड र जर्जिनोले गोल गरे । ओलिभर जिरोडले एक गोल फर्काएयता रोबर्टो फिरमिनोले चौथो गोल गरे । टामी अब्राहम र क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि चेल्सीले खेलमा फर्कने तरखरमा थियो, तर एलेक्स अक्सले च्याम्बरलिनले लिभरपुलका लागि पाँचौं गोल गरेपछि लिभरपुलतर्फ खेल गयो ।
लिभरपुलले लिगको घरमा खेलेका १९ खेलमध्ये १८ मा विजयी रह्यो । जितसँगै लिभरपुलको ९६ अंक छ । लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ । चेल्सी भने ६३ अंकसहित चौथो स्थानमा रह्यो र अब उसलाई च्याम्पियन्स लिगमा छनोट हुन थप एक अंक मात्र आवश्यक हुनेछ ।
चेल्सीलेअन्तिम खेल उल्भ्सविरुद्ध आइतबार नै खेल्नेछ ।