Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

काठमाडौँ – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले कोरोना भाइरसलाई ट्रम्प भाइरस भएको बताएकी छन् । सिएनएनसँगको कुराकानीमा पलोसीले कोरोना महामारीलाई सम्हाल्न नसकेको आरोप लगाउदै राष्ट्रपति ट्रम्पको आलोचना गर्दै यो ट्रम्प भाइरस भएको बताएकी हुन् ।

राष्ट्रपति ट्रम्पले गएराती मिडिया ब्रिफिङमा सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अपिल गरेको केहि समयपछि पलेसीले उनको आलोचना गरेकी हुन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी नियन्त्रण हुनुअघि अवस्था अहिलेको भन्दा जटिल हुने चेतावनी दिएका थिए ।

कुराकानीमा पलोसीले भनेकी छन् – राष्ट्रपतिको कुरा सुन्दा यस्तो लागिरहेको छ की उनले आफ्नो गल्ति स्वीकार गरेका छन् । मास्क लगाएर र मास्क लगाउने अपिल गरेर उनले आफ्नो गल्ति स्वीकार गरेका छन् । यो महामारी कुनै अफवाह होइन । महामारीलाई नियन्त्रण गर्न समयमै कदम नउठाउदा अहिले अवस्था जटिल बन्यो ।’

उनले भनिन् यो कोरोना असलमा ट्रम्प भाइरस हो । राष्ट्रपति ट्रम्प निर्वाचित भएदेखि नै उनको कडा आलोचक रहेकी पलेसी र ट्रम्पको सम्बन्ध शुरुदेखि नै राम्रो रहेको छैन ।

तपाईको प्रतिक्रिया