काठमाडौँ – प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले वाट्फोर्डविरुद्ध फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले खेलको ३१ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
४० औँ मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता ३–० मा ल्याए ।
६६ औँ मिनेटमा एम्रिक लापोर्टेले एक गर्दा सिटीले ४–० गोलको फराकिलो जित हात पार्न सफल भयो ।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । सिटी लिग च्याम्पियन लिभरपुलभन्दा १५ अंकले पछि छ । पराजित वाट्फोर्ड ३४ अंक जोडेर रेलिगेसन जोनमा छ ।