आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – दार्चुलाको नौगाड गाउँपालिका-६, परिगाउँमा गएराति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन् ।

मृत्यु हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती छन् । पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार जना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको छ ।

तपाईको प्रतिक्रिया