बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – कबीर खान र सलमान खानलाई बलिउडको उत्कृष्ट निर्देशक र अभिनेताको जोडी रुपमा लिइन्छ । यी दुईले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ फिल्ममा सहकार्य गरेका थिए । दुवै सफल फिल्म हुन् । फिल्म ‘बजरंगी भाईजान’ रिलिज भएको ५ वर्ष भइसकेको छ । फिल्म रिलिजको ५ वर्षको अवसरमा निर्देशक कबीर खानले सामाजिक सञ्जालमा पुराना दिन याद गरेका छन् ।

इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै निर्देशक खानले लेखेका छन्, ‘एक फिल्म, जुन हाम्रो दिलबाट निस्किएको थियो र यो फिल्म सधैं मेरो लागि स्पेशल रहनेछ । किनकि, तपाईंहरुले ‘बजरंगी भाईजान’ लाई अपार प्रेम दिनुभएको थियो । तपाईंको सराहनाको लागि धन्यवाद ।’ उनले एक अर्को पोस्ट गर्दै फिल्म ५ वर्षपछि पनि  जापानको केहि थिएटरमा चलिरहेको पनि बताएका छन् ।

यो फिल्ममा सलमान खानसँगै हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्दीकी, करीना कपूर खानलगायतको अभिनय थियो । यसमा नवाजले चान्द नवाबको रोल निभाएका थिए, जसबाट उनलाई अलग पहिचान मिलेको थियो । त्यस्तै, फिल्ममा पवन सिंहको भूमिका सलमान खान र मुन्नीको भूमिका हर्षाली मल्होत्राले निभाएका थिए । यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरेको थियो ।

https://www.instagram.com/p/CCu8KNpAL5D/?utm_source=ig_embed

 

तपाईको प्रतिक्रिया