Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – महामारीका कारण स्थगित जापानको लोकप्रिय ‘निप्पोन प्रोफेसनल बेसबल’ गत महिनाबाट सुरु भएको थियो। लिग कडा सावधानीसहित दर्शक विनाको रंगशालामा भएको थियो।

संक्रमण जोखिमका कारण रंगशालमा खेल समर्थकको प्रवेशमा बन्देज लगाइएपछि जापानको एक क्लबले नाच्ने रोबोट बनाएर रंगशालामा राखेको छ। जापानिज बेसबल टिम फुकुओका सफ्टबैंक ह्वकले समर्थकलाई ‘डान्सिङ रोबोट’ले विस्थापित गरेको हो।

निप्पोन प्रोफेसनल बेसबल (एनपीबी)मा बुधबार फुकुओका र राकुटेन इगलको खेल थियो। त्यसको अघिल्लो दिन नै क्लबले २० भन्दा धेरै डान्सिङ रोबोटहरु खाली रंगशालाको प्यारापिटमा राखेको थियो। त्यहाँ रोबोटहरुले नाच पनि देखाए।

रंगशालामा सफ्ट बैंकको ह्युमनोइड रोबोट “पेपर” (दुई खुट्टाले हिँड्ने) र कुकुरको जस्तो आकृति भएको (चार खुट्टा भएको) रोबोटले नाच देखाएका थिए। ४० हजार दर्शक क्षमताको सो रंगशालामा ह्वकका समर्थकले गर्ने डान्सको कपी रोबोटमा गरिएको सफ्ट बैंकले बताएको छ।

केही रोबोटहरुले ह्वकको क्याप लगाएर नृत्य गरे। यसबारे ह्वकका समर्थकले सामाजिक सञ्जालमा मिश्रित अभिव्यक्ति दिएका छन्। “मलाई लाग्छ- यो डिस्टोपियाको लक्षण हो,” एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्। अर्का एक जनाले यसलाई ‘धेरै राम्रो’ बताएका छन्।

‘निप्पोन प्रोफेसनल बेसबल’ विश्वको दोस्रो सबैभन्दा प्रख्यात बेसबल लिग हो ।

जापानमा यो महिनापछि विस्तारै दर्शकलाई प्रवेश दिइने अनुमान गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया