आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – बुधबार जापानभर १२७ जना नयाँ संक्रमित भेटिएका छन् भने २ जना संक्रमितहरुको निधन भएको छ ।

बुधबार सबैभन्दा बढी संक्रमित टोकियोमा भेटिएका छन् ।  टोकियोमा शुक्रबार मात्र ६७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्ला दिनदेखि टोकियोमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो छ ।

त्यसैगरी बुधबार साइतामामा १४ जना थपिएका छन् ।

त्यस्तै ओसाकामा पनि फेरी संक्रमण  फैलिदो अवस्थामा रहेको छ । बुधबार ओसाकामा १० जना नयाँ संक्रमित थपिएका छन् । ओसाकामा अहिलेसम्म संक्रमितको संख्या एक हजार ८८४ रहेको छ ।

त्यस्तै हिजो खानागावामा ८ जना, चिवामा ६ जना, होक्काईदो ४ जना, फुकुओकामा ४ जना, तोचिगीमा ३ जना, ह्योगो २ जना, क्योटोमा २ जना, सिगामा २ जना, मियागीमा १ जना, यामानासीमा १ जना, गिफुमा १ जना, हिरोसिमामा १ जना र खागोसिमामा १ जनामा संक्रमण देखिएको छ ।

यसैबीच हिजो कोरोना भाइरसको संक्रमणले होक्काईदो र इहिमेमा एक/एक जना संक्रमित निधन भएको छ ।

जापानमा बुधबार १२७ जना थपिए‌संगै कोरोना संक्रमितहरुको संख्या (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) १९ हजार ६०८ पुगेको छ भने संक्रमितहरु मध्ये (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ९८९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १७ हजार ३८९ जना निको भई घर फर्कन सफल भएका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया