सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – आइतबार पनि जापानमा संक्रमित बढेको देखिएको छ ।

आइतबार जापानभरमा ११३ जना नयाँ संक्रमित भेटिएका छन् भने निधन हुने संक्रमितको संख्या शुन्य रहेको छ ।

हिजो टोकियोमा ६० जना, होक्काइदोमा १७ जना, साइतामामा ८ जना, खानागावामा १० जना, चिवामा ३ जना, ओसाकामा ५ जना, मियागीमा २ जना, इबाराकीमा १ जना, तोचिगीमा ५ जना, क्योटोमा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा १ जनामा संक्रमण देखिएको छ ।

जापानमा बुधबार ११३ जना थपिए‌संगै कोरोना संक्रमितहरुको संख्या १९ हजार ३२४ पुगेको छ भने संक्रमितहरु मध्ये ९८५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो विवरण अनुसार जापानमा अहिलेसम्म  १७ हजार १६४ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया