सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा हिजो शनिबार ९२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार जापानमा  ‘कोविड १९’ का संक्रमितहरुको संख्या १९  हजार १२१ जना र  संक्रमणबाट ज्यान जानेको संख्या ९८५ (डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित) पुगेको छ ।

यसैबीच जापानमा १७ हजार १२० जना निको भएर घर फर्किएका बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ५९ जनाको अवस्था नाजुक छ ।

हिजो  टोकियोमा ५७  जना थपिएपछि  टोकियोमा मात्र  संक्रमितहरुको संख्या ६ हजार ५४ जना पुगेको छ ।

त्यस्तै हिजो साइतामामा ११ जना, चिवामा ५ जना, खानागावामा ४ जना, क्योटोमा ४ जना, तोचिगीमा ३ जना, ओसाकामा २ जना, होक्काईदोमा १ जना, फुकुओकामा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा ४ जनामा  संक्रमण देखिएको छ ।

त्यसैगरी हिजो कोरोना भाइरसको संक्रमणले होक्काईदोमा एक जना सक्रमितको निधन भएको छ ।

तपाईको प्रतिक्रिया