Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – कोरोना भाईरस ‘कोभिड – १९’ महामारीबाट बच्न लामो समय लकडाउन गरेपछि केहि देशले अहिले लकडाउन खुकुलो पार्न

लकडाउन खुकुलो पार्न थालेसँगै युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अर्को चेतावनी दिएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले जानकारी दिए ।

आफूले यसबारे पहिले नै जानकारी दिएको र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए ।

यसलाई वेवास्ता गरिए स्वास्थ्य क्षेत्र अत्याधिक धराशयी हुनेसमेत उनले चेतावनी दिए ।

विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् ।

दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ ।

‘मैले पछिल्लो थुप्रै हप्तादेखि कोरोनाको संक्रमण पुनः फैलन सक्ने बारे कुरा गरिरहेको थिएँ,’ डा. क्लुगले भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार भने ।

‘युरोपका थुप्रै देशमा यस्तो खतरा वास्तविकतामा परिणत भइसकेको छ । पछिल्लो दुई हप्तामा ३० देशमा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।’

‘तीमध्ये ११ देशमा संक्रमितको संख्या यति तीब्र गतिले बढिरहेको छ कि यसमा ध्यान नदिए त्यहाँका स्वास्थ्य क्षेत्र पुनः अत्यन्त धराशायी बन्नेछन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ती ११ देश र क्षेत्रको पहिचान अर्मेनिया, स्विडेन, मोल्डोभा, उत्तर मेसेडोनिया, अजरबैजान, काजकस्तान, अल्बानिया, बोस्निा हर्जगोभिना, किर्गिस्तान, युक्रेन र कोसोभोको रुपमा भएको छ ।

डा। क्लुगका अनुसार पोल्याण्ड, जर्मनी, स्पेन र इजराइलले स्कूल, कोइला खानी र खाद्य सामग्री उत्पादनमार्फत् हुने यसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्काल उचित कदम उठाएका कारण यहाँ संक्रमण नियन्त्रणमा छ ।

संक्रमण पुनः बढ्ने चेतावनी दिएतापनि विश्व स्वास्थ्य संगठनले गर्मीयाममा थुप्रै देशमा स्थिती साम्य हुने अनुमान गरेको थियो ।

‘तर हामीले चिसो मौसमका लागि योजना बनाउनुपर्छ किनभने कोभिड–१९ मौसमी इन्फ्लूएन्जा, निमोनियालगायतका अन्य रोगसँग पनि मिल्न सक्छ किनभने भाइरस अहिले पनि सक्रिय रुपमा हाम्रो समुदायमा फैलिरहेको छ र यसको कुनै प्रभावकारी उपचार र हालसम्म कुनै खोप बन्न सकेको छैन ।

यहि असार १ गतेदेखि नेपालमा पनि लकडाउन परिमार्जन गरेर केहि खुकुलो बनाउन थालिएसँगै डब्लुएचओले जोखिम नघटेको कारण सचेत रहन अनुरोध गरेको थियो ।

थालेका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया