Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार ४३४ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया