Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कोरोना भाइरसविरुद्वको औषधी बाबा रामदेवको आर्युवेदीक कम्पनी पतञ्जलीले विकास गरेको दाबी गर्दै आएको छ । औषधीको विकास भएको प्रचार प्रसारमा स्वयेम कम्पनीका सी.इ.ओ स्वामी बाल कृष्णले दाबी गर्दै आएका थिए ।

र, बिना प्रमाण वा परिक्षण नगरी कोरोना विरुद्वको औषधी निर्माण गरेको दाबी गर्नु उचित नरहेको भन्दै भारतीय आयुष मन्त्रालय आपत्ती जनाउँदै प्रचार प्रसारमा रोक लगाएको हो । मन्त्रालयले उक्त औषधीको प्रयोग र परिक्षणबारे विवरण मागेको छ । ‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारी बटी’ नाम गरेका दूई औषधीलाई स्वामी बाल कृष्णले कोरोना विरुद्वको सम्पूर्ण मापडण्ड पुरा गरीसकेको र आयुष मन्त्रालयले प्रयोग गर्न अनुमती दिइसकेको आफनो ट्वीट् मार्फत जानकारी गराएका थिए ।

विज्ञापन ड्रग एण्ड मैजिक रिमेडीज (आपत्तजिनक विज्ञापन) कानून, १९५४ को अनुसार आर्युवेद लगायत कुनै पनि प्रकारको औषधीको प्रचार प्रसार गर्न नपाइने भन्दै मन्त्रालयले सुचीत गरेको छ ।

तपाईको प्रतिक्रिया