Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आइसियूमा उपचारत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

गएराति ११ः३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आईसियुमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार कोरोना संक्रमण देखिएर अपचारको क्रमममा यस अस्पतालमा मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्।

योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। पछिल्लो अपडेटअनुसार देशभर १० हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया