Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्न साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अमेरिकी राजदूत रेन्डी बेरीले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोगप्रति आभार प्रकट गरेका थिए । प्राप्त स्वास्थ्य सामग्रीले कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया