Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म २ हजार २ सय २४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया