काठमाडौँ – आज अर्थात् २३ जुन विश्वभरि अन्तर्राष्ट्रिय ओलम्पिक डे मनाइँदै छ ।
२३ जुन आधुनिक ओलम्पिक गेम्सको शुरू भएको दिन हो। आधुनिक ओलम्पिक गेम्स १८९४ बाट शुरू भएको थियो।
आधुनिक ओलम्पिक गेम्स शुरू भएको १२६औं वर्ष पूरा भएको छ। आधुनिक ओलम्पिक शुरू भएको दिनलाई १९४८ बाट ओलम्पिक दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ।
महामारीका कारण २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलसमेत स्थगित भएको छ । ओलम्पिक खेलाडीले वर्कआउट अनलाइनलाई आइओसीको स्टे स्ट्रोङ, स्टे हेल्थी अभियानमार्फत सेयर गर्नेछन् । कम्तीमा २३ ओलम्पिक एथलिटले आधिकारिक ओलम्पिक दिवस कसरत भिडियो रेकडिङ समावेश गरिएको छ । भर्चुअल वर्कआउटमा ओलम्पिक गेम्स आयोजक कमिटी टोकिया २०२०, बेइजिङ २०२२, पेरिस २०२४, लसएन्जल्स २०२८ र मिलानो २०२६, राष्ट्रिय ओलम्पिक कमिटीहरू तथा अन्तर्राष्ट्रिय फेडेरेसनहरूले फ्यानहरूलाई भर्चुअल वर्कआउटमा सहभागी हुने प्रोत्साहन गर्नेछन् ।
नेपालमा पनि भर्चुअल रूपमा ओलम्पिक डे मनाउन लागिएको छ । यसअघि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाउने गरिन्थ्यो ।