Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३७० जना व्यक्ति कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट एक महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुष गरी ६ जना , कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष गरी २८ जना, दैलेख अस्पतालबाट १९ महिला र २४६ पुरुष गरी २६५ जना, सल्यान अस्पतालबाट एक महिला र ३६ पुरुष गरी ३७ जना, नारायणी अस्पताल वीरगञ्जबाट २ महिला र ९ पुरुष गरी ११ जना, धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष गरी १७ जना डिस्चार्ज भएका छन् ।

सोमबार ३२ महिला र २३८ पुरुष गरी ३७० जना व्यक्तिहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै देशभरबाट हालसम्म दुई हजार १४२ व्यक्ति डिस्चार्ज भएका छन् । १६१ महिला र एक हजार ९६१ पुरुष छन् ।

तपाईको प्रतिक्रिया