Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेठ ३१ र ३२ गते देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखिएका ४२ जनामध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन् । उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको छ ।

जेठ महिनामा दैलेखका एक जना र सुर्खेतका एक जना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेका थियो । तीमध्ये दैलेखबाट आएका एक जना बिरामी क्षयरोगी थिए भने दैलेखका एक जना र सुर्खेतका एक जनाले विष सेवन गरेका कारण उनीहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो ।

तपाईको प्रतिक्रिया