Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका-६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा एक किसिमको डर थियो कोरोना ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बस्नुभएका उहाँका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उहाँ निडर बन्न थाल्नुभएको छ । कोरोना अरू रोग जस्तै सामान्य भएको र मानिस सञ्चो भएको कुरा सुनेर अहिले साजन त्यत्ति चिन्ता लिनुहुँदैन ।

भारतबाट अभिभावकसँगै फर्किनुभएकी घोडाघोडी नगरपालिका-५ की १२ वर्षीया चौधरीले क्वारेन्टिनमा अभिभावकसँगै दुई हप्ता बसेर घर फर्कँदा कैदी थुनिने कारागार बसेर आएझैँ लागेको बताउनुभयो । क्वारेन्टिनमा बस्दा सँगै बसेकाहरूले कोरोनाले सबैलाई सिध्याउँछ के गर्ने होला भनेको सुनेदेखि चौधरीलाई कोरोना एकदमै खतरनाक रहेछ भन्ने लागेको थियो । कोरोना लागेकै कारण आफूहरूलाई क्वारेन्टिनमा राखेको होला भन्ने सोचले पिरोलिने चौधरी अभिभावक र स्वास्थ्यकर्मीले सम्झाएपछि चिन्ता कम बनाएको बताउनुहुन्छ ।

कोरोनाका कारण बालबालिकाको मानसपटलमा परेको असरबारे यी दुई घटना उदाहरण मात्र हुन् । नेपालमा पछिल्लो समय आक्रामक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरुले आग्रह गरेका छन् ।

कोरोनाको त्रासले बालबालिकामा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने मनोविमर्शकर्ता सीता भण्डारी बताउनुहुन्छ । सङ्क्रमण जोखिमका कारण शैक्षिक संस्था अझै केही समय बन्द हुने भएको, लकडाउनका कारण असहज बन्दै गएको जनजीवन आगामी केही महिनासम्म पूर्णरुपमा सहज नहुने भएको, यसबीच बालबालिकाको दैनिक जीवन सामान्यावस्थामा फर्कने अवस्था नदेखिएको तथा ती लामो समय क्वारेन्टिन र आइसोलेशनमा रहँदाको तनावसमेत थपिँदा गम्भीर परिणाम देखिन सक्ने भण्डारीको भनाइ छ ।

लामो समय विद्यालय बिदा भई घरमै बसिरहँदा र क्वारेन्टिनको तनावपूर्ण वातावरणले बालबालिकाको व्यावहारिक, भावनात्मक र सामाजिक विकासमा नकारात्मक असर पुर्याउने हुँदा उनीहरूसँग मित्रवत् व्यवहारका साथै अभिभावकले बढी समय दिनुपर्ने मनेविमर्शकर्ता भण्डारीको तर्क छ । बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने भण्डारी बताउनुहुन्छ ।

विद्यालय बन्द हुनाले सबैभन्दा ठूलो प्रत्यक्ष असर तिनमा परेको एसओएस बालग्राममा बालबालिकामा देखिने मानसिक समस्या सम्बन्धी परामर्श दिइरहनुभएका सहजकर्ता दिनेश भट्टराईको भनाइ छ । ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’,भट्टराई सुझाव दिनुहुन्छ ।

तपाईको प्रतिक्रिया