Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

नयाँदिल्ली – भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ ।

भारतमा प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया