Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – अमेरिकाले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई इमर्जेन्सी अवस्थामा समेत प्रयोग गर्न रोक लगाएको छ ।

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीनको नयाँ क्लिनिकल ट्रायलबाट पाइएको प्रमाणका आधारमा यो औषधि कोरोनाको उपचारमा फाइदाजनक नदेखिएको भन्दै रोक लगाइएको हो ।

यसअघि एफडीएले गत मार्चमा एमेर्जेंसी अवस्थामा कोरोनाका विरामीलाई हाइड्रोक्सीक्लोरोक्वीन औषधिको प्रयोग गर्ने अनुमति दिएको थियो । एफडीएको प्रतिबन्धका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगलाई जायज भन्दै आएका छन् ।

एफडीएको निर्णयपछि प्रतिक्रिया दिदै ट्रम्पले आफुले यो औषधि प्रयोग गरेको र आफुलाई ठिक लागेको बताएका छन् । उनले आफुले यो औषधि दुई साता लिएको र कुनै सिकायत नभएको बताएका छन् । ७४ बर्षिय ट्रम्पले यहि औषधिले नै आफ्नो ज्यान बचेको कैयौं मानिसहरुले आफुलाई भनेको समेत बताए ।

तपाईको प्रतिक्रिया