Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पछिल्ला केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार ४ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ जना उपत्यकाका रहेका छन् । काठमाडौंमा ४ र ललितपुरमा १ गरी उपत्यकामा थप ५ जनामा कोरोना देखिएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरूष, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

तपाईको प्रतिक्रिया