Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

दुल्लु – दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै शुक्रबार घर फर्किएका हुन् । दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एंव २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

यसैगरी वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुष, वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष तथा वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया