Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।

मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर-४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया