Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए । सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजितिभ आएको थियो ।

नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने चार हजार ८५ पुगेको छ । मंगलबार मात्र ९६ जना डिस्चार्ज हुँदा कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया