Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

धनगढी – सुदूरपश्चिम प्रदेशसभा बैठकमा सदस्यहरुले आरडीटी परीक्षण बन्द गर्न माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा विश्वका बिभिन्न मुलुकले विश्वसनीय नतिजा दिन नसकेको भन्दै प्रयोग गर्न इन्कार गरेको आरडीटी परीक्षण किटको प्रयोग बन्द गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका हुन् ।

प्रदेशसभाको बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै नेकपाका सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले तत्काल आरडीटी परीक्षण बन्द गर्न माग गरे । उनीहरुले आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरुमा फेरि पीसीआर परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएकोले जोखिम बढेको बताए ।

प्रदेशसभा सदस्य दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरुबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरडीटी बन्द गरी पीसीआर परीक्षण गर्नुपर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरे । उनले कैलालीमा पहिलोपटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पूरा हुन लागेको र यसबिचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोस व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले युरोपियन देशहरुले आरडीटी किटको विश्वसनीयतामाथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए । उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुनसक्ने भन्दै बन्द गर्न माग गरे ।

नेकपाकै प्रदेशसभा सदस्य पूर्णा जोशीले आरडीटी परीक्षणको औचित्य नभएकोले बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन् । क्वारेन्टाइनहरु व्यवस्थित नभएको र मत्युघरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरु बढाउने र भएका प्रयोगशालाहरुको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया