Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । अब यसको प्रयोग सुरक्षित छ छैन भन्नेबारेमा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको उनको भनाई छ ।‘कोरो

नाविरुद्धको खोपका बारेमा हामी बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमाा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ शुक्रबार राती ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो भन्ने कुराचाहिँ खुलाएनन् ।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् । साथै थेराप्युटिक पद्धतिमा पनि अमेरिकी वैज्ञानिकहरुले सफलता हात पारेको उनले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया