Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ ।

कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ ।

एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्विन हानिकारक हुने देखाएपछि डब्लूएचओले यसको क्लिनिकल ट्रायल रोकेको थियो। उक्त अनुसन्धानको समीक्षापछि यो औषधिको चिकित्सकीय परीक्षण खुला गरिएको डब्लूएचओले जनाएको छ।

प्रतिबन्धकाबीच अमेरिकाले केही दिनअघि मात्र ब्राजिललाई २० लाख हाइड्रोक्सिक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराएको थियो।

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग भइरहेको छ।

यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधि खुवाइरहेको छ। जसको परिणाम उत्साहजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया