Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार मृतकको स्वाबको रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आउनेबित्तिकै शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेको मन्त्री रावलले बताए ।१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक र अर्घाखाँचीमा एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया