Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका थप तीन नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका दुई र सुडानमा खटिएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यूएन मिसनमा रहेका थप तीन नेपाली सैनिकमा कोरोना भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् । तर, संक्रमित सैनिकको नाम । तह भने गोप्य राखिएको छ ।

यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित चार जनामा कोरोना संक्रमण भएको थियो । शान्ति मिसनमा कार्यरत समेतलाई जोड्दा कोरोना संक्रमित हुने कूल सैनिकको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया