Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेपालमा सातवटै प्रदेशका ४७ जिल्लामा फैलिएको छ । यसअघि मंगलबारसम्म ४६ जिल्लामा संक्रमण देखिएकोमा बुधबार रुकुमश्चिममा संक्रमण देखिएसँगै ४७ जिल्लामा संक्रमण फैलिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ११४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् भने हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

नयाँ सङ्क्रमितहरू रौतहटका ३६ जना, झापाका १७ जना, बाँकेका १६ जना, दाङका १५ जना र सप्तरीका ११ जना रहेका छन् । त्यस्तै बाराका ७ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका २ जना, सिरहाका २ जना र मकवानपुरका १ जनाको पनि बुधवार सङ्क्रमण पुष्टि भएको हो ।

डा. देवकोटाले गएको २४ घण्टामा ३,५८० जनाको पीसीआर परीक्षण र २,३२० जनाको आरडीटी परीक्षण गरिएको बताए । अहिलेसम्म नेपालमा पीसीआरबाट ५८,२७७ जना गरी १५८,५६४ जनाको कोरोनाभाइरस परीक्षण भएको मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश अनुसार सङ्क्रमित कति ?
डा। देवकोटामा अनुसार प्रदेश नं १ मा १०३ जना, प्रदेश नं २ मा ३२४ जना, वागमती प्रदेशमा ३९ जना र गण्डकी प्रदेशमा १३ जना रहेका छन् । सबैभन्दा धेरै सङ्क्रमित प्रदेश नं ५ मा ३६५ जना रहेका छन् भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा क्रमशस् २५ र १७ जना रहेका छन् । निको हुनेहरूमा सबेभन्दा बढी प्रदेश नं २ मा ९७ जना रहेका छन् । तीमध्ये २८ जना गएको १४ घण्टामा डिस्चार्ज भएका डा. देवकोटाले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणको जोखिम झन् बढेको छ । विगत ६४ दिनदेखि लकडाउन जारी रहेको र सीनानाका सिल गरिएको भएपनि संक्रमण घट्नुको साटो झन् बढेको छ । नयाँ संक्रमण पुष्टि भएका अधिकांश लकडाउनकै बीचमा भारतबाट आएको खुलेको छ । यसले तराईका जिल्ला बढी जोखिममा परेका छन् भने देशभर नै संक्रमण फैलिने खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया