Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – दिनको समयका  विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन्।
अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्।

जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। उनीहरुले अध्ययनमा सहभागी मध्ये ४५ प्रतिशत मानिसले दिनको समयमा धेरै थकान महसुश गर्ने गरेको तथा  दिनको समयमा एक घण्टा भन्दा बढी सुत्ने गरेको बताएका थिए। उनीहरुमा टाइप टु डाइबेटिजको संकेत देखिएको अध्ययनकर्ताले बताएका छन्।

अध्ययनकर्ताले भनेका छन्, ‘निन्द्रा नपुग्दा कोही मानिस दिनको समयमा सुत्छ भने यसलाई सही रुपमा लिन सकिन्छ तर अनिन्द्राको समस्याले  मानिस दिनको समयमा सुत्ने गर्छ भने त्यो मानिसमा टाइप टु डाइबेटिजको  भएको संकेत गर्छ।’ दिनको समयमा यसरी सुत्नुमा ६० मिनेट भन्दा निद्रामा हुने गडबडी र डाइबेटिजबीच केही सम्बन्ध रहेको अनुसन्धानकर्ताले बताएका छन्।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रोफेसर नाभिद सतरले भने, ‘डाइबेटिज हुनुको प्रमुख कारण मध्ये निद्राको गडबडी पनि एक हो, अनिद्राले शरीरमा चिनीको मात्रा बढाइदिन्छ जुन डाइबेटिजको सुरुवाती संकेत हो।’ ***

तपाईको प्रतिक्रिया